बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले गर्ने

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १७ : ०८
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले गर्ने

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । 

नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिईएको छ ।

तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस