चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको क्रान्ति भनेको आर्थिक क्रान्ति भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै प्रचण्डले अबको क्रान्ति आर्थिक क्रान्ति भएको भन्दै नेपालमा कसरी खरबौ बजेट ल्याउन सकिन्छ भनेर आफुहरु लागिरहेको बताएका छन् ।
अहिलेको जनमत निर्माण मिडियाले गर्ने बताउंदै प्रचण्डले मिडियाले जनमत कसरी निर्माण गर्न पहल गर्नसक्छ भन्ने कुरा समाजमा त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्नेमा भर पर्ने बताए । प्रचण्डले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदल्न आबस्यक रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि मिडियाको पहलकदमी बढ्नुपर्ने धारणा राख्दै प्रचण्डले देश पुन मुठभेड र अराजकतातिर जानबाट रोक्नुपर्ने बताए ।
चितवनमा अहिले नमूना विकासको प्रयास भैरहेको भदै उनले आगामी दिनहरुमा निकै ठूलो तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्ने बिस्वास व्यक्त गरेका छन् । उनले अघि भने,चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्न आबस्यक रहेको छ । चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड