काठमाडाैँ । सरकारले डेंगी नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा देशका ७७ मध्ये ७६ जिल्लामा डेंगी फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगीका बिरामी भेटिएका छन्।
डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा डेंगीको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए। त्यसपछि डेंगीका बिरामी नेपालमा बर्सेनि देखिँदै आएका छन्।
मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगीका बिरामी बागमती प्रदेशमा देखिएका छन्। यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगीका बिरामी भेटिएका छन्।
यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।
डेंगी नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूले नै आरोप लगाएका छन्।कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाश मान सिंहले डेंगी नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेंगी संक्रमण
डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान
बैतडीमा सातजनामा डेंगी पुष्टि
प्रधानमन्त्री कार्यालय परिसरमा सरसफाइ : डेंगी नियन्त्रणका लागि संघीय निर्णयअनुसार अभियान सुरु
डेंगी नियन्त्रण गर्न घरदैलो अभियान
मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान