चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली फिल्म ‘प्रेमगीत-३’ हेरेका छन् ।आइतबार साँझ चितवनको इन्द्रदेव हलमा पुगेर अध्यक्ष प्रचण्डले फिल्म हेरेका हुन् ।
उनले फिल्म ‘युनिक’ रहेको भन्दै प्रशंसा गरेका छन् । ‘फिल्म बडो मसलेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्म युनिक खालको प्रस्तुति देखियो ।’ प्रचण्डले हलबाट बाहिरिएपछि संचारकर्मीसँग भने ।
नेपालीले बनाएको यो फिल्मले फिल्म जगतमा प्रेमगीत ३ ले नयाँ आयाम थपेको उनको भनाई छ । फिल्मले पर्यटन विकासमा पनि मद्दत गर्ने प्रचण्डले बताए । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको प्रेमगीत-३ शुक्रबारबाट रिलिज भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद