चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली फिल्म ‘प्रेमगीत-३’ हेरेका छन् ।आइतबार साँझ चितवनको इन्द्रदेव हलमा पुगेर अध्यक्ष प्रचण्डले फिल्म हेरेका हुन् ।
उनले फिल्म ‘युनिक’ रहेको भन्दै प्रशंसा गरेका छन् । ‘फिल्म बडो मसलेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्म युनिक खालको प्रस्तुति देखियो ।’ प्रचण्डले हलबाट बाहिरिएपछि संचारकर्मीसँग भने ।
नेपालीले बनाएको यो फिल्मले फिल्म जगतमा प्रेमगीत ३ ले नयाँ आयाम थपेको उनको भनाई छ । फिल्मले पर्यटन विकासमा पनि मद्दत गर्ने प्रचण्डले बताए । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको प्रेमगीत-३ शुक्रबारबाट रिलिज भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस