चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका छन् । गृहजिल्ला चितवनमाप्रेस सेन्टर नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहेको बताए ।
उनले भने, ‘चाहेको भए २०७४ सालको चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो, फैसला तपाईंहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दैगर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’
संविधान उल्ट्याउने प्रयास भईरहेको बताउदैं उनले गणतन्त्र कसरी कमजोर बनाउन सकिन्छ भन्ने षडयन्त्र पनि हुन थालेको दाबी गरे । ‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।
प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले ठाउँको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए । जीवनको उत्तरार्द्धमा अब आफू आर्थिक क्रान्तिमा लाग्ने बताए । ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ । भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको छ । देशको मध्यभागमा रहेको चितवनको विकासको मोडल देशभरका लागि सन्देश बन्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो