काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगी महामारीको रूपमा देखिएकाले यसकाे प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।
आज राजधानीकाे रत्नराज्य विद्यालयकाे विज्ञान प्रयाेगशाला हस्तान्तरण कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।नेता सिंहले जनस्तरमा अनुभूत हुनेगरी सरकारले काम गर्न म नेपाल सरकारकाे ध्यानाकर्षण गराउँछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरेका छन्।
बिरामीले सिटामाेल धरी भनेकाे समयमा नपाइने भन्ने गुनासाे रहेकाले उनले सरकारलाई गम्भीर बन्न अपिलसमेत गरे। फरक प्रसंगमा बाेल्दै नेता सिंहले अहिलेकाे आम चुनावमा कांग्रेसलाई अवसर दिने हाे भने मात्रै राजनीतिक स्थिरता आउनेसमेत बताए।
बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायतले विद्यालयकाे क्षमता विकासका लागि आवश्यक सहयाेग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह