कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मीनबहादुर घलेले बताए ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।काठमाण्डौबाट दाङ जादै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु