काठमाडौं । मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ ।
साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १७ हजार ७३१ जनामा डेंगु देखिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८२१ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ५९१ जना, गण्डकीमा ५१५ जना, मधेश प्रदेशमा ३२३ जना र कर्णाली प्रदेशमा २३० जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु