काठमाडौं । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ ।
दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरे । दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर ९लगभग दुई अर्ब रुपैयाँ० अनुदान सहायता उपलब्ध गराउनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने जनाइएको छ ।
कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ । आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा विश्व स्काउट समारोह : अत्यधिक गर्मीका कारण सयौँ बिरामी
दक्षिण कोरियामा बाढीले मृत्यु हुनेको संख्या ५२
दक्षिण कोरियामा भीषण बाढी, ३३ जनाको मृत्यु
दक्षिण कोरियालीको उमेर घट्यो
दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी
दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते