‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, ०७ असोज २०७९, १४ : ४८
‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौं । ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिर राज शाहीले बताए । 

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।  युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेको ‘नोट’ फेला  परेको छ । नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको एसपी शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस