काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।
बिहीबार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखलाई सदस्यमा मनोनीत गरेको छ ।
बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई दिएको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस माग्यो : ज्ञानबहादुर शाही
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै राप्रपा