काठमाडौं । सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् ।
राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिए पछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।
लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।
राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्याली गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस