पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, ०७ : ४८
पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । पूर्वआईजीपी सर्वेन्द्र खनाल बिहीबार (आज) एमाले प्रवेश गर्ने भएका छन् ।

चुनावको मुखमा उनी एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । 

एमाले स्रोतका अनुसार बिहीबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । 

प्रहरीमा बहालमा रहँदा खनालको निकै लाकप्रियता रहेको थियो । अवकास पछि भने सांसद अपहरण प्रकरणमा जोडिएर उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस