काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दावी गरेका छन् ।
उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरू राष्ट्रपति ज्यूले सरोकर देखाउनु भएका कतिपय विचारसंग पनि मेल खान्छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ