राष्ट्रपतिको कदमका विषयमा कुनै मतलव छैन : चित्रबहादुर केसी

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १३ : ३७
राष्ट्रपतिको कदमका विषयमा कुनै मतलव छैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ । 

हाम्रो मत नागरिकता विधेयक पारित गर्नु हुँदैन भन्ने हो । नागरिकता विधेयकका विषयमा हाम्रो सहमति छैन । असहमति छ ’ रातोपाटीसँग कुरा गर्दै केसीले भने, ‘राष्ट्रपतिको कदम ठिक वा बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्छ भन्ने हो । राष्ट्रपतिले ठिक बेठीक जे गरेपनि आफ्नो ठाउँमा छ ।’ विदेशीलाई वंशजको नागरिकता दिन नहुने केसीको भनाई छ । गठबन्धनभित्रका दलले जे मान्छन् त्यो सबै मानेर जानुपर्छ भन्ने नहुने बताए ।

‘गठबन्धनमा सबै कुरा मिलेको भए एउटै पार्टी भइहाल्थ्यो । किन गठबन्धन बनाउनुपर्ने थियो र रु’ गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै केसीले भने, ‘यो गठबन्धन प्रतिगमनका विरुद्ध बनाएको हो । वंशजको नागरिकता विदेशीलाई दिने कुरामा गठबन्धनमा सामेल हुने कुरा हुन्छ रु एमसीसीका विषयमा पनि सामेल भएनौ । त्यस्तै अहिले नागरिकता विधेयकमा सामेल छैनौ ।’

प्रतिक्रिया दिनुहोस