बजार अनुगमनमा भरतपुर महानगरको निरन्तरता, बिना इजाजत व्यवसाय सञ्चालन गर्नेमाथि कडाइ सुरु

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, २० : ०८
बजार अनुगमनमा भरतपुर महानगरको निरन्तरता, बिना इजाजत व्यवसाय सञ्चालन गर्नेमाथि कडाइ सुरु

चितवन । बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि गत हप्ता देखि कडाइ सुरु गरेको हो ।

सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । पछिल्लो पटक बजारमा कालो बजारी बढेको,म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सन्चालनमा आएका, कुनै कुनै पसलहरु नवीकरण नगरिकन संचालित भएका लगाएका जनगुनासोहरु व्यापक आएको हुँदा हामीले बजार अनुगमनलाइ निरन्तर रुपमै गरिरहेका छौ, भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने । बजार अनुगमनमा हामी मात्रै छैनौ उनले भने, हामी  सग जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि ,पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको साथ र सहयोग छ ।

भरतपुर महानगरले बजार अनुगमनलाइ आज मगलबार पनि निरन्तरता दिएको छ । गत हप्ता देखि शुरु भएको सयुक्त बजार अनुगमन टोलीले आज भरतपुर १ नारायणगढ र रामनगर बजारमा गरि १२ वटा विभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ । नारायणगढको परिवार पाउरोटी उद्योगमा अनुगमन  गर्दा म्याद नाघेको पाउरोटी, किचन फोहोर, पाउरोटी उत्पादनमा पत्रीका प्रयोग गरिएको पाइएको छ । त्यस्तै गरि रामनगरमा रहेको न्यु शिबशक्ती होटलले भान्छा सरसफाइ नगरेको र खाना नछोपेको अवस्था रहेको भेटिएको छ । सुश्मा होटेलमा बिना ग्राहक पस्किएको अवस्थामा रहेको २० सेट खाना नस्ट गरिएको,अन्नपूर्ण होटल एन्ड रेस्टुरेन्टमामुल्य सुची नभएको, ब्यबसाय नवीकरण नभएको, वेलकम भान्छा एन्ड खाजा घरले नवीकरण नगरेको पाइएको छ ।

यसैगरी थकाली भान्छा एन्ड खाजा घर र पुजा होट्लले भने राम्रो गरेको पाइएको छ । भरतपुर १ पोखरा बसपार्कमा रहेको ताहिर मासु पसल मापदण्ड बिपरित सन्चालनमा आएकोले ३ दिन भित्र निर्धारित मापदण्ड पुरा गरेर सन्चालन गर्न निर्देशन दिइएको छ, महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले भने । देबकोटाका अनुसार पहिलो चरणमा ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो । यसैगरी अनुगमनकै क्रममा २ वटा पसललाइ सरसफाइ नभएको भन्दै जरिवाना गरिएको समेत गरिएको छ । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ । 

अनुगमन टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । देबकोटाको नेतृत्वमा बजार अनुगमनमा गएको टोलिमा जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि , पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । 

उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । गत हप्ता मात्रै महानगरले नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रमा गरि ५३ वटा पसलहरुमा अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस