सर्बियाबाट कोस्टारिका १–० गोलले पराजित

आइतबार, ०३ असार २०७५, १९ : ५०
सर्बियाबाट कोस्टारिका १–० गोलले पराजित

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा सर्बियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको छ । खेलको दोस्रो हाफको  ५६ औँ मिनेटमा सर्बियाका  जर्सी नम्बर ११ का एलेक्जेन्डर कोलारोभले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । उनले फ्रि किकबाट उत्कृष्ट गोल गरे ।
पहिलो हाफमा सर्बिया र कोष्टारिकाले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस