चित्रबहादुरको पार्टीले बुझायो समानुपातिकको बन्दसूची

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, १५ : ५१
चित्रबहादुरको पार्टीले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको हो । 

जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस