काठमाडौं । असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ । ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
मोबाइल सेवा सञ्चालनका लागि टेलिकमले पायो नयाँ अनुमतिपत्र
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा