डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १४ : २४
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो । तर उनले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ । उनका सहयोगी डा अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए ।

डा. केसीले आफू ३ करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन नमानेको डा. जैसीले बताए । उनका सहयोगी डा. जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिएपनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताएका छन।

डा। केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बसेका हुन ।

प्रतिक्रिया दिनुहोस