काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर चलायो । टुकुचा मिचेर संरचना बनाएको पाइएपछि महानगरको टोली सो स्थानमा पुगेको थियो ।
डोजर लगाएर टुकुचा खोला उत्खनन् गर्दा हलको कम्पाउन्डभित्रै टुकुचा खोला भेटियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा हराएको थियो ।
लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द