काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन् ।
उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए ।
उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए । अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए ।
उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेकुरा पनि केही मानिसहरुले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे ।
अध्यक्ष दाहालले भने, ‘हामीले कृषिप्रदान देश र कृषिमा आधारित उद्योगहरुमार्फत नै नेपालको विकासले गति लिन्छ पनि भनेका छौँ। खाद्यान्न आायत गरिरहेका छौँ, जमिन बाँझो छ, युवाशक्ति विदेशमा छ, रेमिट्यान्स आएको छ, हामी चलेका छौँको स्थिति हामीले भोगिरहेका छौँ । त्यसकारण यो परिस्थिति बदल्नुछ, कसले बदल्छ, मेरो चिन्ता, यस खालका फोरममा गम्भीर ढंगले अपिल गरेको छु, जसले यो राजनीतिक परिवर्तन ल्याउन पहल गरेको थियो उसैबाट यो सम्भव छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो