डेनमार्कबाट पेरु १–० गोलले पराजित

आइतबार, ०३ असार २०७५, ०६ : ३५
डेनमार्कबाट पेरु १–० गोलले पराजित

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार राति सम्पन्न खेलमा डेनमार्कले पेरुलाई १–० गोलले पराजित गरेको छ । खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पेरुका युरारेले गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो ।

युरारेले कुयुभालाई पेनाल्टी बक्समा फाउल हानेपछि पेरुले पेनाल्टी पाएको थियो । सुरुमा पेनाल्टी नदिएका गाम्बियाका रेफ्री बाकरी पापा गासामाले भिएआरपछि पेरुलाई पेनाल्टी दिएका थिए । पेरुले दोस्रो हाफमा पटक पटक गोलको अवसर पाएपनि सफलता भने पाउन सकेन ।

प्रतिक्रिया दिनुहोस