राजविराज । सप्तरीस्थित नेपाल भारतको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।
बुधबार बिहान करिब साढे ६ बजेको समयमा तिलाठी कोइलाडी गाउँपालिका( १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साइड कुनौली जाने दशगाजामा करिब ४०र४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पहाडीमुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
सिरहामा पुरुषको शव फेला, हत्याको आशंका
कोठाभित्र युवतीको शव भेटियो
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता