काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ ।
पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो ।
त्यसैगरी निर्वाचनका लागि घोषणपत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायतका सैद्धान्तिक पक्ष, आर्थिक, सुरक्षा, परराष्ट्र नीतिलगायत विषयलाई उक्त घोषणापत्रमा समेटिएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
निर्वाचनका लागि देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको उक्त पार्टीको विधानमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन महिनामा एकपटक बस्नुपर्ने, केन्द्रीय कार्यसमितिलगायत अन्य तहका बैठक वर्षमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग