काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ ।
पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो ।
त्यसैगरी निर्वाचनका लागि घोषणपत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायतका सैद्धान्तिक पक्ष, आर्थिक, सुरक्षा, परराष्ट्र नीतिलगायत विषयलाई उक्त घोषणापत्रमा समेटिएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
निर्वाचनका लागि देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको उक्त पार्टीको विधानमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन महिनामा एकपटक बस्नुपर्ने, केन्द्रीय कार्यसमितिलगायत अन्य तहका बैठक वर्षमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त