लमजुङमा दुई महिनामा १० जनामा डेंगु संक्रमण

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, ०९ : ५५
लमजुङमा दुई महिनामा १० जनामा डेंगु संक्रमण

लमजुङ । लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो दुई महिनामै डेंगु संक्रमित देखिएका छन्।

गत वर्ष आठ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ। जिल्ला अस्पताल लमजुङमा अहिले दुई जना उपचाररत छन्। एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।

डेंगुबाट बेंसीसहर नगरपालिकाका ४ जना, राइनास र सुन्दरबजार नगरपालिकाका २र२ जना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १र१ जनामा डेंगु संक्रमण देखिएको छ। यसमा ७ महिना, १ वर्ष र ५ वर्षकादेखि ६० वर्षसम्मका छन्। ५ पुरुष र ५ महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो।

प्रतिक्रिया दिनुहोस