फ्रान्सबाट अस्ट्रेलिया २–१ गोलले पराजित

सूर्यप्रकाश कँडेल

शनिबार, ०२ असार २०७५, १७ : ४१
फ्रान्सबाट अस्ट्रेलिया २–१ गोलले पराजित

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ । खेलको दोस्रो हाफको ८१ औँ मिनेटमा फ्रान्सका जर्सी नम्बर ६ का खेलाडी पोग्बाले गोल थपेर टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए् ।
पोग्बाले हानेको बल गोल बारमा ठोक्किएर गोललाइन क्रम गर्न पुगेको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । यसअघि खेलको दोस्रो हाफको १३ औँ मिनेटमा फ्रान्सले र सत्रौँ मिनेटमा अस्ट्रेलियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । सुरुका दुबै गोल पेनाल्टीबाट भएका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा फ्रान्सका जर्सी नम्बर सातका खेलाडी  ग्रिजमनले पेनाल्टी किकलाई गोलमा परिणत गरेका हुन् । यसैगरी अस्ट्रेलियाका जर्सी नम्बर १५ का खेलाडी जेडिनकले पनि पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
अबको केही बेरमा अर्जेन्टिना र आइसल्याण्डबीचको खेल सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस