महाअभियोग सिफारिस समितिको बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, ०९ : ३६
महाअभियोग सिफारिस समितिको बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब  ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । 

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस