फ्रान्सले लियो २–१ गोलको अग्रता

सूर्यप्रकाश कँडेल

शनिबार, ०२ असार २०७५, १७ : ३१
फ्रान्सले लियो २–१ गोलको अग्रता

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अहिले भइरहेको खेलमा फ्रान्सले अस्ट्रेलियाविरुद्धको खेलमा २–१ गोलको अग्रता लिएको छ । खेलको दोस्रो हाफको ८१ औँ मिनेटमा फ्रान्सका जर्सी नम्बर ६  खेलाडी पोग्बाले गोल थपेर टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । पोग्बाले हानेको बल गोल बारमा ठोक्किएर गोललाइन क्रम गर्न पुगेको थियो ।
यसअघि खेलको दोस्रो हाफको १३ औँ मिनेटमा फ्रान्सले र सत्रौँ मिनेटमा अस्ट्रेलियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । सुरुका दुबै गोल पेनाल्टीबाट भएका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा फ्रान्सका जर्सी नम्बर सातका खेलाडी  ग्रिजमनले पेनाल्टी किकलाई गोलमा परिणत गरेका हुन् । यसैगरी अस्ट्रेलियाका जर्सी नम्बर १५ का खेलाडी जेडिनकले पनि पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस