फ्रान्स र अस्ट्रेलियाको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमबाट एक–एक गोल

सूर्यप्रकाश कँडेल

शनिबार, ०२ असार २०७५, १७ : ०४
फ्रान्स र अस्ट्रेलियाको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमबाट एक–एक गोल

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार जारी खेलको दोस्रो हाफको १३ औँ मिनेटमा फ्रान्सले र सत्रौँ मिनेटमा अस्ट्रेलियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याएका छन् । दुबै गोल पेनाल्टीबाट भएका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा फ्रान्सका जर्सी नम्बर सातका खेलाडी  ग्रिजमनले पेनाल्टी किकलाई गोलमा परिणत गरेका हुन् । यसैगरी अस्ट्रेलियाका जर्सी नम्बर १५ का खेलाडी जेडिनकले पनि पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस