फ्रान्स र अस्ट्रेलियाबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरी

सूर्यप्रकाश कँडेल

शनिबार, ०२ असार २०७५, १६ : ४३
फ्रान्स र अस्ट्रेलियाबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरी

तस्बिर : फिफा डट कम

चितवन । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार जारी खेलको पहिलो हाफसम्म फ्रान्स र अस्ट्रेलियाले गोलरहित बराबरी खेलेका छन् । अस्ट्रेलियामाथि दबाब कायम गर्दै खेलिरहेको फ्रान्सले खेलको ४५ मिनेटसम्म कुनै गोल गरेको छैन ।
आपसी तालमेल र पास राम्रो देखिएको अस्ट्रेलियाले पनि पहिलो हाफको अन्त्यसम्म कुनै गोल गर्न सकेन । दुबै टिमले गोल गर्ने केही राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । प्रतिस्पर्धात्मक खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस