काठमाडौं । सर्लाहीको हरिवनमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका–१० नयाँरोडमा ना ८ ख ८२६७ नम्वरको ट्रकले ठक्कर दिँदा हरिवन–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिहान चार बजे मर्निङवाकमा निस्किएको बेला उनलाई ट्रकले ठक्कर दिएको हो। रायमाझीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक पनि पल्टिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु