सिरहा । आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ । सिरहा क्षेत्र नं। २ मा मोओवादी केन्द्रबाटै सुरेशचन्द्र दास यादव निर्वाचित भएका थिए ।
निर्वाचन क्षेत्र नं. ३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा ३ (क) बाट जगतप्रसाद यादव र तेजेन्द्र लामा, प्रदेशसभा ३ (ख) बाट महेश यादव र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं. ४ बाट महेन्द्र पासमान र अजयशङ्कर नायकको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा ४ (क) बाट दिलीप साह, प्रदीप तिवारी, कुसेश्वर साह र धनीकलाल यादवको नाम सिफारिस गरिएको हो । प्रदेशसभा ४ (ख)बाट कसैको नाम सिफारिस नगरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा बस दुर्घटना, एक जनाको मृत्यु
खडेरीले सिरहामा ५० प्रतिशत खेतमा मात्र धान रोपाई
सिरहामा लागूऔषधसहित तीन पक्राउ
सिरहामा खानेपानीका कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या
सिरहामा करेन्ट लागेर युवकको मृत्यु
सिरहा छुवाछुत घटना: मानवअधिकार आयोगकाे साेधपुछ सुरु