बर्दियामा चितुवाको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १४ : ४८
बर्दियामा चितुवाको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

काठमाडाैँ। बर्दियाको मधुवन नगरपालिका- ४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका- ४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस