महिला साफ च्याम्पियनसिप : बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १२ : ००
महिला साफ च्याम्पियनसिप : बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ । नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा माल्दिभ्सलाई ३-० ले हराउन सफल भएकाले पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्षयमा हुने छ।

यस्तै अर्को खेलमा साविक विजेता भारतले माल्दिभ्ससँग खेल्ने छ। भारत पनि लगातार दोस्रो जित सहित सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।समूह ‘ए’ मा रहेको भारत र बंगलादेशले समान ३-३ अंक रहेको छ। माल्दिभ्स र पाकिस्तान भने अंक विहीन रहेका छन्।

७ टोली सहभागी प्रतियोगितामा समूह ‘बी’ मा नेपालले भने अब श्रीलंकासँग खेल्न बाँकी रहेको छ। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको फाइनल ३ असोजमा हुनेछ।

प्रतिक्रिया दिनुहोस