चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ०८ : ०६
चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । 

खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । 

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।