काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने बताए । कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ मा अर्थमन्त्री, बनाए अध्ययन कार्यदल