काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने बताए । कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव