दुर्घटना बढेपछि देवीदेवता गुहार्दै सडकमै स्वस्ति शान्तिसहित होम

रासस

विहीबार, २८ मंसिर २०७४, १७ : ४९
दुर्घटना बढेपछि देवीदेवता गुहार्दै सडकमै स्वस्ति शान्तिसहित होम

इटहरी, २८ मंसिर । कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् ।

स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा  कमी आउने स्थानीयवासीको विश्वास छ ।

सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको  नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन्  ।

अहिले कोशी राजमार्गअन्तर्गतको इटहरी सडकखण्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस