झापा । नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।
झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । प्रत्यक्ष तर्फ झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।
यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।
झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र
चुनावमा जाने निर्णय गरेका छौँ : प्रचण्ड
माओवादी सचिवालय बैठक आज