झापा । नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।
झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । प्रत्यक्ष तर्फ झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।
यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।
झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस