काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।
क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।
सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा