काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।
अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा