काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् । वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले कम्तिमा पनि १०० सट लिनु पर्ने बताए । कोइरालाले भने, ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रालाई महत्त्वपूर्ण हो ।
अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने रहेको भन्दै चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्ने बताए । उनले भने, ‘टिकट वितरण न्यायोचित हुनुपर्छ ।’ उनले नेकपा एमालेले संविधान असफल बनाउन खोजेकाले विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्नु पर्ने बाध्यता आइपरेको बताए । उनले भने, ‘सिद्धान्त नमिल्ने दलसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो म भन्न सक्दिन, तर चुनावपछि मात्रै भन्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता