काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको विषयमा चाँडै टुंगो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार साँझसम्म त्यसबारे टुंगो लाग्न सक्ने बताएका हुन् ।
बिहीबार बिहान वाग्मती प्रदेशका कांग्रेसका जिल्ला सभापतिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुने कुरामा जोड दिने बताए ।
भेटमा प्रधानमन्त्री देउवाले बिहीबार साँझसम्म सिट बाँडफाँटको टु्ंगो लाग्न सक्ने बताएको दोलखाका जिल्ला सभापति बर्मा लामाले बताए । 'हामीले प्रदेश क्षेत्रका जिल्लाको विषयमा कुरा राख्यौँ । उहाँले सिट बाँडफाँट गर्दा ती विषयलाई सम्बोधन गर्ने प्रयास गर्छु भन्नुभएको छ,' लामालेभने, 'सिट बाँडफाँट चाँडोभन्दा चाँडो टुंग्याउने गरी छलफल भइरहेको उहाँको भनाइ छ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार