भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, ०८ : २६
भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन् ।

बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्दको प्यानल नै विजयी भयो   । 

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो । 

यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।