हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, २० : १०
हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । एक सुरक्षा अधिकृतले भने, ‘उनलाई असहज भएपछि अस्पताल भर्ना गरिएको हो, अस्पतालको रिपोर्ट आएपछि के गर्ने भन्ने हुन्छ ।’

अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । हालै नेवाः समुदायका अभियन्ताले उनको परिवारसँग छलफल गरेर रिहाइको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस