काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ ।
काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आज बुधबार महाराजगञ्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरुमा डोजर चलाएको छ । महानगरको टोलीले बिहान महाराजगन्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो ।
महानगरपालिकाको टोली डोजरसहित पुगेपछि सर्वसाधारणले धमाधम आफनो सामान सुरक्षित स्थानमा सारेका थिए भने केहीको आँखा रसाएको थियो । यस क्षेत्रमा तीन सय अवैध संरचना भत्काउनु पर्ने सूचिमा परेका छन् ।
यसअघि सोमबारबार मात्रै महानगरले नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना हटाएको थियो ।
यस्तै गोंगबु बसपार्क क्षेत्रमा रहेका सुरुङजस्ता कोठामा सञ्चालित दोहोरी साँझ र भट्टी पसल हटाएको छ । प्रहरीले यस्ता तीनवटा दोहोरी साँझ हटाएको जनाएको छ । केही भट्टी पसलहरू पनि भत्काएको छ । अन्य पक्की भवनको भूमिगत तलामा सञ्चालित पाँचवटा होटेल तथा दोहोरी साँझ पनि हटाइएको छ ।
अहिलेसम्म नगर प्रहरीले यसअघि कोटेश्वर, दरबारमार्ग, न्युरोड, सुन्धारा, बुद्धनगर, टेकुलगायत क्षेत्रमा सात सयभन्दा बढी संरचना भत्काइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने