श्रीलंकाद्धारा भारत ६ विकेटले पराजित, भारतको फाईनल यात्रा कठिन

एजेन्सी

बुधबार, २२ भदौ २०७९, ०८ : ०८
श्रीलंकाद्धारा भारत ६ विकेटले पराजित, भारतको फाईनल यात्रा कठिन

एजेन्सी । श्रीलंकाले युएईमा जारी टि २० एसिया कप सुपर फोरमा भारतमाथि जित हात पारेको छ । गएराति भएको खेलमा भारतमाथि ६ विकेटको रोमान्चक जित हात पार्दै श्रीलंका फाइनल नजिक पुगेको हो । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो ।  श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिस र पाथुम निसंकाले अर्धशतक पारी खेले । मेन्डिसले सर्वाधिक ५७ रन तथा निसंकाले ५२ रन जोडे ।  त्यस्तै, कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए।
बलिङतर्फ भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए भने रविचन्द्रन आश्विनले एक विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे । सुर्यकुमार यादवले ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७र१७ रन बनाए ।

बलिङतर्फ दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै, चामिका करुणारत्ने र दासुन शनकाले समान २र२ तथा  महेश थिक्सनाले १ विकेट लिए ।
लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । तर, भारतको फाइनल पुग्ने सम्भावनामा झिनो आशा मात्र बाँकी छ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सो खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ।