मातृका यादव धनुषा-१ बाट सर्वसम्मत सिफारिस

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १६ : ४९
मातृका यादव धनुषा-१ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएका छन् । 

मंगलबार बसेको धनुषा जिल्ला पूर्व प्रदेश कमिटि, नगर अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको संयुक्त बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट नेता यादवको नाम एकल सिफारिस गरेको हो । 

सो क्षेत्रको प्रदेशसभातर्फ 'क' बाट देवेन्द्रकुमार यादव, बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ । यस्तै, प्रदेशसभातर्फ 'ख' बाट सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतो सिफारिस भएका छन् । 

यसैगरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट जोगकुमार बरबरिया, क्षेत्र नं. ३ बाट सौखिलाल यादव तथा क्षेत्र नं. ४ बाट देवसागर दासको नाम सिफारिस भएको छ । 

प्रतिक्रिया दिनुहोस