काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताएका छन् । उनले शिक्षा क्षेत्रको सुधार विना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने धारणा राखेका छन् । खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्न महोत्तरी पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादको निर्माण नै शिक्षा भएको बताएका छन् ।
प्रचण्डले देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्ने भन्दै ७४ को निर्वाचनमा आफुहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने प्रतिवद्धतासहित घोषणापत्र बनाएको भएपनि त्यो व्यवहारमा लागु हुन नसकेको प्रस्ट्याएका छन् ।
शिक्षा क्षेत्रमा सुधार नगरी समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने भन्दै उनले उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान जानुपर्ने बताए । उनले समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले अब उत्पादन बृद्धिको अभियान,श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण आबस्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता