विश्वकप : उद्घाटन खेलमा साउदीमाथि आयोजक रुसको ५ गोल

शुक्रबार, ०१ असार २०७५, ०७ : ३३
विश्वकप : उद्घाटन खेलमा साउदीमाथि आयोजक रुसको ५ गोल

चितवन । विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराएको छ ।  लुन्जिकी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई भारीअन्तरले पराजित गरेको हो । रसियाको जितमा डेनिस चेरिशेभले २ गोल गरे । त्यस्तै, युरी गजिन्स्की, आर्टिम ज्युबा र एलेक्जेन्डर गोलोभिनले गोल गरे ।

खेलको १२औं मिनेटमा गजिन्स्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई पहिलो हाफसम्म २–० गोलको अग्रतामा पु¥याए । दोस्रो हाफमा रसियाले २ गोल थपेको थियो ।

खेलको ७१औं मिनेटमा आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रतामा पु¥याएका थिए । खेलको अतिरिक्तसमयमा चेरिशेभले गोल गर्दै ४–० गोलको अग्रतामा घरेलु टोलीलाई पु¥याएका थिए । खेल सकिन अन्तिम समयमा  एलेक्जेन्डर गोलोभिनले उत्कृष्ट फ्रिकिकबाट गोल गर्दै रसियालाई ५–० गोलको जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस